×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक, अपराह्न ३ बजे बोलकबोल

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक, अपराह्न ३ बजे बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबार ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ७ दिनमा परिपक्व हुने गरी राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले रिपो बिहीबार अपराह्न ३ बजे नै बोलकबोल हुने जनाएको छ ।
यो रिपो असोज १४ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् भने बैंक तथा वित्तीय संस्थाले बिहीबार ३ बजेभित्र बोलकबोलमा सहभागी भइसक्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: