×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँड हुँदै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँड हुँदै !

काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ आज बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कम्पनीको आइपीओको बाँडफाँड आज साँझ ५ः३० बजे आफ्नै कार्यालयमा गर्ने भएको हो । यस कम्पनीले भदौ १ गतेदेखि लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक सेयरधनीहरुका लागि भदौ १५ गतेसम्म प्रतिसेयर १०० अंकित मूल्यमा कुल १८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर निष्कासन गरेको हो ।
बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक सेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गरेको हो । कम्पनीले लमजुङमा ३० मेगावाटको न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ भने कम्पनीमा बुटवल पावरकोसमेत लगानी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: