×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एन.वाइ.इ.एफ.को १८औं वार्षिकोत्सव सम्पन्न, इतिहासमा संस्थाको प्रगतिको लागि महत्वपूर्ण पाईला चाल्दै

GLOBAL IME BANK
SHREE KESH

एन.वाइ.इ.एफ.को १८औं वार्षिकोत्सव सम्पन्न, इतिहासमा संस्थाको प्रगतिको लागि महत्वपूर्ण पाईला चाल्दै

११ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । यूवा उद्यमीहरुको संस्था एन.वाइ.इ.एफ.ले आफ्नो १८औं वार्षिकोत्सव मनाएको छ । संस्थाले २६ सेप्टेम्बर २०२१ मा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । यो संस्था सानो संगठनको रुपमा विकसित हुँदै देशभरीका यूवा उद्यमीहरु संगठित भई हाल सातै प्रदेशमा यसको च्याप्टरहरु रहेको छ । सन् २००३ देखि यूवा उद्यमीहरुलाई सहयोग र उनीहरुको व्यवसायलाई प्रबद्र्धन गर्दै यूवाहरुबीच अनुभवको आदान-प्रदान, तालिम, बहस तथा अन्तकृया जस्ता क्रार्यक्रमहरुमा यो संस्था क्रियाशील छ ।

सो अवसरमा अध्यक्ष उदीप श्रेष्ठले ‘हामीहरु एनवाइइएफको इतिहासमा संस्थाको प्रगतिको लागि महत्वपूर्ण पाईला चाल्दै आएका छौं । यो वार्षिकोत्सव पारिवारिक भेटघाट जस्तै भएको हुँदा यसको आफ्नै महत्व छ । समान सोच र उद्देश्य भएका यूवाहरुबीच काम गर्न पाउदा हामीलाई अत्यन्त गौरवको अनुभूती भएको छ’ भनी आफ्ना विचारहरु व्यक्त गरे ।

त्यसैगरी उक्त क्रार्यक्रममा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रलयका सचिव अर्जुन पोखरेलले एनवाइएफका पदाधिकारी तथा सदस्यहरुलाई बधाई र सफल कार्यकालको शुभकामना दिँदै संस्थाको आगामी दिनमा उत्तरोत्तर प्रगति होस् भनी कामना समेत गरेका छन् । साथै यूवा उद्यमीहरुलाई आवश्यक सहयोग गर्न मन्त्रालय सधै तयार रहेको बताए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र राष्ट्रिय यूवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले पनि १८औं वार्षिकोत्सवको लागि शुभकामना सन्देश पठाएका थिए ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: