×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराजले लन्च गर्यो दराज जेम्स योजना, ग्राहकहरुले हरेक दिन निःशुल्क भाउचर कमाउन सक्ने

GLOBAL IME BANK
SHREE KESH

दराजले लन्च गर्यो दराज जेम्स योजना, ग्राहकहरुले हरेक दिन निःशुल्क भाउचर कमाउन सक्ने

२३ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आधिकारिक रूपमा आफ्नो नवीनतम इन-एप सुविधा दराज जेम्स लन्च भएको घोषणा गरेको छ । यो नयाँ सुविधामार्फत ग्राहकहरुले हरेक दिन दराज एपमार्फत भाउचर कमाउने मौका प्राप्त गर्नेछन् । जेम्स भनेको दराज एपमा लगातार सगाई गरिरहेका ग्राहकहरुको लागि उपलब्ध गरिएको एक इनाम प्रणाली हो । ग्राहकहरुले जेम्स कलेक्ट गरि भाउचरको लागि रिडिम गर्न सक्नेछन् र त्यो भाउचर सामान खरिद गर्दा छुट पाउन प्रयोग गर्न सक्नेछन् ।

ग्राहकहरु तीन फरक तरिकाबाट जेम्स कमाउन सक्नेछन् । दराज एपमा हरेक दिन लगिन गरि, दराजबाट सामान खरिद गरि वा एड टु कार्ट, फलो द स्टोर जस्ता डेली मिसनहरु पुरा गरेर दराज जेम्स प्राप्त गर्न सकिन्छ । यो सुविधा दुबै एन्ड्रोइड र आईओएस प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्नको लागि ग्राहकहरुलाई आफ्नो दराज एप अपडेट गर्न अनुरोध गरिएको छ ।

दराज जेम्सको भरपुर उपयोग गर्नको लागि ग्राहकहरु हरेक दिन दराज एपमार्फत दराज जेम्सको होम पेजमा जानु पर्नेछ । त्यहाँ ग्राहकले जेम्स कलेक्ट मात्र नभई आफुसँग भएको जेम्सको मात्रा हेर्न पाउनेछन् । साथै ति जेम्सलाई भाउचरको लागि रिडिम पनि गर्न पाउने छन् । दराज जेम्सको सबैभन्दा राम्रो सुविधा भनेको यो प्राप्त गर्न एकदमै सरल र सजिलो छ । प्रयोगकर्ताहरु सजिलैसँंग दराज एपमा दैनिक लगइन गरेर दिइएको जेम्स कलेक्ट गरेर आफ्नो जेम्सको संख्या ४०० गुणा कमाउन सक्नेछन् । जेम्सको बारे थप प्रश्नहरु वा प्रश्नहरुको लागि ०१५९७०५९७ मा सम्पर्क गर्न सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: