काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले दक्षिण एसियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ येही भदौ १६ देखि सुरु भएको घोषणा गरेको छ । दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको ‘शपरटेनमेन्ट’ रणनीतिको एक भागको रूपमा पेश गरीएको छ । यसमार्फत ग्राहकहरुको लागी पारस्परि, वास्तविक अनुभव दिलाउनको लागि खुद्रा बिक्री र मनोरञ्जनको समिश्रणमा ध्यान केन्द्रित हुनेछ जहाँ ग्राहकहरु घरै बसी ब्रान्ड, उत्पादनहरुको विस्तृत जानकारी पाउन सक्नेछन् । दराज लाइभ स्ट्रीम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबार देखि शुक्रबार सम्म दिनमा तीन फरक समयावधिमा आयोजना गरिनेछ । ग्राहकहरुले दिनमा १२, ४ र ६ बजे दराज एपमार्फत लाइभ हेर्न पाउनेछन् ।
दराज लाइभ सामाजिक मिडिया लाइभ स्ट्रिममा हुने प्रत्यक्ष प्रसारण भन्दा अलि फरक र पृथक हुनेछ र ग्राहकहरुको लागि एक धेरै सहज र अन्तरक्रियात्मक ‘सी नाउ बाई नाउ’ को अवधारणा पेस गर्नेछ। दराज लाइभ मार्फत ग्राहकहरुले किनमेलको साथसाथै सामानहरूको विस्तृत जानकारी र मनोरञ्जनात्मक कार्यक्रमको अनुभव प्राप्त गर्नेछन् । दराज लाइभको प्रत्यक्ष प्रसारणको प्रत्येक संस्करणमा ग्राहकहरुलाई ब्रान्डको बारेमा प्रचुर जानकारी संकलन गर्नको लागि अदातित्य अवसर प्रदान गर्नेछ, ग्राहक र बिक्रेताले रियल टाइम कुराकानीमा संलग्न हुने सुनौलो अवसर प्रदान गर्नेछे, आकर्षक र मनोरञ्जनात्मक गतिविधिहरूको मेजबानी गर्दछ र ग्राहकहरुलाई प्रचुरमात्रामा रोमांचक उपहार र पुरस्कार जित्ने मौका पनि प्रदान गर्नेछ ।
विशेष सौदा, थुप्रै उत्पादनहरुको प्रदर्शन, क्यु एण्ड ए, फ्ल्याश सेल्स, अन्बक्सिंग, गिवअवे देखि भाउचर जित्ने मौका जस्तै अरु थुप्रै मौकाहरु ग्राहकहरुले दराज लाइभमार्फत मज्जा लिन सक्नेछन् । यसैगरी दराज लाइभ बिक्रेताहरु लागि ग्राहकहरुसँग सम्बन्ध विस्तार गर्नका लागि एक सुनौलो मंच हुनेछ । एक अनलाइन विक्रेताले सामान्यतयामा आफ्नो ग्रहाकसंग गफ गाफ गर्नको लागि धेरै अवसरहरु पाइरको हँुदैन । दराज लाइभ मार्फत विक्रेताहरुले सजिलै आफ्नो ग्राहकहरुसँग अन्तरंग कुराकानी गर्ने अवसर पाउनेछन् साथसाथै आफ्नो ब्रान्डलाई पदोन्नति गर्ने मौका पाउनेछन् । अन्त्यमा यस प्रयोजनाद्वारा बिक्रेताले आफ्नो ग्राहकहरुसँग विश्वास र सम्बन्धको कडी मजबुत रूपमा निर्माण गर्न मद्दत मिल्नेछ ।
‘दराज लाइभको परिचय नेपालमा अधिक जीवन्त र समावेशी पारिस्थितिकी तंत्रको निर्माणको लागि अर्को चरण हो। दराज लाइभसँग हामी ग्राहक र विक्रेताबीच सम्बन्धको एक ठूलो स्तर निर्माणमा मद्दत गर्न चाहन्छौं । यो सँग सँंगै एक बलियो समुदायको निर्माण गर्न चाहन्छौं जहाँ हरेक व्यक्तिसँग अनलाइन शपिंग सम्बन्धित कुनै पनि जानकारी प्राप्त गर्नको लागि एक प्लेटफर्म होस्। हामी विश्वस्त छौं कि दराज लाइभ त्यो प्लेटफर्म हो । त्यससँगै हामी आशावादी छौं कि दराज लाइभले ई–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्न ठूलो भूमिका खेल्नेछ’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने । एन्ड्रोइड स्मार्ट फोन ग्राहकलाई लाइभ स्ट्रीममा सामेल हुनको लागी नवीनतम संस्करणमा आफ्नो दराज एप अपडेट गर्न अनुरोध गरिन्छ। आई ओ यस प्रयोगकर्ताहरुको लागी एप अपडेट ६ सेप्टेम्बरमा उपलब्ध हुनेछ । दराज लाइभको बारेमा अधिक जान्नको लागी तल दिइएको लिंकमा क्लिक गर्न सकिनेछ : https://click.daraz.com.np/e/_6xgjL
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्