×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्साको पोखरिया नगरपालिकामा नगरपरिषद् नहुँदा विकास निमार्णका काम प्रभावित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पर्साको पोखरिया नगरपालिकामा नगरपरिषद् नहुँदा विकास निमार्णका काम प्रभावित

Artha Sarokar

७ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पर्सा । पर्साको पोखरिया नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को नगर परिषद् हालसम्म पनि सम्पन्न गर्न नसक्दा यस वर्ष विकास निमार्णका काम प्रभावित बनेका छन् । गत वर्ष २०७७ असार १० गते नगरसभामा आव २०७८/७९ का लागि पेश गरिएको अनुमानित बजेट हालसम्म पनि परिषद् सम्पन्न हुन नसक्दा विकास निमार्णका काम पूर्णरूपमा प्रभावित भएका हुन् । बजेट वितरणमा जनप्रतिनिधिको विवाद सिर्जना हुँदै आएपछि हालसम्म पनि नगर परिषद् सम्पन्न हुन नसकेकाले नगरभित्र हुनुपर्ने सबै विकास निर्माणका काम प्रभावित बनेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले जानकारी दिए ।

जनप्रतिनिधिबीच बजेट बाँडफाँटमा सहमति जुट्न नसक्दा लामो समयदेखि नगर परिषद् सम्पन्न हुनसकेको छैन । चालु आव २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरेर योजना कार्यान्वयन चरणमा जानुपर्ने बेलासम्म परिषद्सम्म नहुँदा नगरपालिकाको विकास निर्माणसँगै कर्मचारीको तलब निकासाको कामसमेत प्रभावित भएको हो ।

दश वडा रहेको उक्त नगरपालिकाका जनप्रतिनिधिबीच बजेट बाँडफाँटको विषयलाई लिएर आपसी समझदारी नहुँदा नगर परिषद्मा ढिलाइ हुँदै आएको छ । चौध स्थानीय पालिका रहेको पर्साका १२ स्थानीय तहमा परिषद् सम्पन भई यस वर्षको कामसमेत सुरु भइसकेको अवस्थामा पोखरिया नगरपालिका र धोबिनी गाउँपालिकाको यस वर्षको परिषद् सम्पन्न हुनसकेको छैन ।-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी