×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पठाओद्धारा ‘पठाओ दशैँ महोत्सव’ घोषणा, राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पठाओद्धारा ‘पठाओ दशैँ महोत्सव’ घोषणा, राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

Artha Sarokar

२८ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि ‘पठाओ दशैँ महोत्सव’ घोषणा गरेको छ । महोत्सवमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका रहेको छ । असोज १ गते देखि २० सम्म चल्ने महोत्सवमा हरेक हप्ता पाँच जना टप राइडर, तीन जना टप क्यापटेन र एक जना टप फुडम्यानलाई उपहारहरु प्रदान गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । यो २० दिनको महोत्सव अन्तर्गत हरेक हप्ता राइडर, फुडम्यान र क्याप्टेन (ट्याक्सी चालक)ले पहिलो उपहार मोबाइल, दोस्रो उपहार टिभी, तेस्रो उपहार फ्रिज, चौथौं उपहार भ्याकुम क्लिनर र पाचौँ उपहारमा मिक्सर जित्न सक्नेछन् ।

महोत्सवको अन्तिममा ३ हप्ताका विजेताहरूबाट एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट तीन पठाओ सेवाग्राहीले आईफोन १२ प्रो मोबाइल जित्ने अवसर प्राप्त गर्नेछन् । राइडर, क्याप्टेन र फुडम्यानले उपहार जित्नको लागि धेरै भन्दा धेरै ट्रिप अथवा डेलिभरी गरेको हुनुपर्नेछ । त्यस्तै राइडर र फुडम्यानले पठाओको ‘रुल बुक’ अनिवार्य रुपमा अनुसरण गरेको हुनुपर्नेछ । रुल बुक अनुसरण नगर्ने राइडर अथवा फुडम्यान ‘सस्पेन्ड’ पनि हुन सक्छन् ।

राइडर वा फुडम्यानले आफैँले आफूलाई राइड वा फुड रिक्वेस्ट गरेमा त्यो मान्य हुनेछैन । त्यसैगरी आफ्नै साथीभाईहरू मिली राइड वा फुड रिक्वेस्ट पनि गर्न पाइने छैन भने कुनै ग्राहक बिना नै राइड सुरु र अन्त्य गर्न पाइने छैन अथवा रिक्वेस्ट आएको स्थानमा नपुगी राइड इन्ड गर्न पाइनेछैन । साथै कुनै पनि राइडरले अफलाइन ट्रिप गर्न पाइने छैन । पठाओ सेवाग्राहीले यो महोत्सवमा उपहार जित्नको लागि २० दिनको अवधी भित्र बाइक राइड, ट्याक्सी राइड, फुड वा पठाओ बजार गरि कम्तीमा २० पटक एप प्रयोग गरि पठाओको सेवा प्रयोग गरेको हुनुपर्नेछ । साथै सेवाग्राहीको एपमा आधिकारिक नाम र जन्ममिति उल्लेख भएको हुनुपर्नेछ ।

‘कोभिडले सबैलाई असर गरेको छ । हाम्रो ब्यवसाय पनि त्यसबाट टाढा रहने कुरा भएन । दैनिक कामले गुजारा गर्ने हाम्रा राइडर, क्याप्टेन र फुडम्यान साथीहरुलाई झन असर गरेको छ ।’ पठाओ नेपालको मार्केटिङ हेड सुरक्षा हमाल थप्छिन् ‘कोभिडको समयमा पनि वहाँहरुले काममा खटेर सेवाग्राहीको दैनिकी सहज बनाउन देखाएको मेहनत र उत्साहलाई सम्बोधन गर्दै दशै महोत्सव सार्वजनिक गरिएको हो ।’ नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो । हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखी सुरु गरिएको पठाओ बजार परिक्षणका क्रममा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी