×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लास्ट रिमाइन्डर’ : ४ कम्पनीको २ लाख ८५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘लास्ट रिमाइन्डर’ : ४ कम्पनीको २ लाख ८५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन

Artha Sarokar

८ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ४ कम्पनीको संस्थापक सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ४ कम्पनीको संस्थापक सेयर लिलामी भर्ने आज शुक्रबार अन्तिम दिन हो । कम्पनीहरुको २ लाख ८५ हजार कित्ता संस्थापक सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने भएको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले भदौ ३१ गतेदेखि प्राइम बैंकको १ लाख कित्ता र नेसनल लाइफ इन्सुरेन्सको १ लाख कित्ता सेयर लिलामीमा ल्याएको थियो  । यस्तैगरी प्रभु बैंकको ५० हजार र नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता सेयर लिलामीमा ल्याएको थियो । लगानीकर्ताले प्राइम बैंकको सेयरमा न्यूनतम २०८ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्सको सेयरमा ४२१ रुपैयाँ न्यूनतम भाउ राखेर आवेदन दिन सक्नेछन् । यस्तै प्रभु बैंकको सेयरमा २०५ रुपैयाँ र नेपाल ग्रामीण विकास लघुवित्तको सेयरमा ४०० रुपैयाँ न्यूनतम भाउ राखेर आवेदन दिन सक्नेछन् । सबै कम्पनीको सेयरमा न्यूनतम २०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी