Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ गर्दै यात्रु, जीविकोपार्जनको लागि ढुङ्गाको जाँतो बनाउँदै महिला…!

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले दशैँका लागि अग्रीम टिकट बुकिङ खुला गरेसँगै सोमबार बिहान गोँगबुस्थित नयाँ बसपार्कमा टिकट बुकिङ गरिरहेका यात्रुदेखि जीविकोपार्जनको लागि कृष्णपुर नगरपालिकास्थित गुलरिया बजार छेउमा बसेर ढुङ्गाको जाँतो बनाउँदै गरेकी महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
दशैँका लागि अग्रीम टिकट बुकिङ खुला गरेसँगै सोमबार बिहान गोँगबुस्थित नयाँ बसपार्कमा टिकट बुकिङ गर्दै यात्रु ।

कृष्णपुर नगरपालिकास्थित गुलरिया बजार छेउमा बसेर ढुङ्गाको जाँतो बनाउँदै महिला । परम्परागत रुपमा पिठो पिस्न र दाल तयार गर्नका लागि जाँतोको प्रयोग हुने गरेको छ ।

पोखराको ताल बाराही मन्दिरमा दर्शन गर्नका पूजा सामग्री किन्दै भक्तजन ।

सप्तरीको राजविराजस्थित कल्टुपोखरीमा सोमबार जितिया पर्वको पहिलो दिन ‘नहा, खा’ ९नुहाएर खानु० विधि अनुसार घिरौलाको पातमा भगवान् जितमाहन र दिंवगत पितृलाई प्रसाद (पिना, सख्खर र तोरीको तेल) चढाइ पूजा गर्दै ब्रतालु महिला । सन्तान तथा पतिको सुख, शान्ति र समृद्धिको कामना गर्दै यो पर्व मनाउने गर्दछ ।

हिमाली क्षेत्रको दृश्य अवलोकन गर्न आउनुभएका नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीलाई कास्कीकोट देउरालीमा स्वागत गरिँदै ।

हिमाली क्षेत्रको दृश्य अवलोकन गर्न आउनुभएका नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीलाई कास्कीकोट देउरालीमा स्वागत गरिँदै ।

विश्व पर्यटन दिवसका अवसरमा पोखरा भ्रमणमा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु सोमबार पोखरा–२४ कास्कीकोटको देउराली पदमार्गमा पद यात्रा गर्दै ।

भेरी नगरपालिका –३ होलुखोलामा कृषक समुहमार्फत उत्पादन भईरहेको सुक्खा ३ र सुक्खा ६ जातको धानको बीउ । बीउमा आत्मनिर्भर हुने लक्ष्यकासाथ भेरी नगरपालिकाले बीउ उत्पादन गर्न लागेको हो ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं-५ ओपीमा बारीमा लगाएको आलुमा किटनाशक विषादी छर्दै एक महिला किसान । मकैपछि लगाईएको आलु खेतीमा फूल फुल्न थालेका छन् ।

लमजुङ बेँसीशहर नगरपालिका वडा नं-७ स्थित मानवसेवा आश्रममा आश्रित दुई अनाथ बालिका प्राप्ती मानव र दिपशिका मानव सोमबार बिहान सोही वडामा रहेको युनिर्भसल एकेडेमी बोडिङ स्कुलको प्ले ग्रुपमा पहिलो पटक पढ्न जाने तयारीगर्दै । यस स्कुलले यी दुई बालिकालाई निशुल्क पढाउने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK