×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : डोका बिक्रीका लागि बेनीबजार जाँदै कृषक, जितिया पर्वमा रमाउँदै सप्तरीका महिला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : डोका बिक्रीका लागि बेनीबजार जाँदै कृषक, जितिया पर्वमा रमाउँदै सप्तरीका महिला

Artha Sarokar

१३ आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीबाट आफूले बुनेका डोका बिक्री गर्नका लागि सदरमुकाम बेनीबजार जाँदै गरेका कृषकदेखि सप्तरीको विष्णुपुर गाउँपालिका–६ का महिला जितिया पर्वका अवसरमा बुधबार जिमुतवाहन भगवानको पूजा गर्न जाँदै गरेकासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीबाट आफूले बुनेका डोका बिक्री गर्नका लागि सदरमुकाम बेनीबजार जाँदै कृषक ।

सप्तरीको विष्णुपुर गाउँपालिका–६ का महिला जितिया पर्वका अवसरमा बुधबार जिमुतवाहन भगवानको पूजा गर्न जाँदै ।

शुक्लाफाँटा नगरपालिका– ३ स्थित जोनापुरका स्थानीय बासिन्दा दशैँ आउन अगाबै घर लिपपोत गर्दै ।

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको सुरुङभित्र काम गर्दै मजदुर । आयोजनाको काम तीव्रगतिमा अगाडि बढिरहेको छ ।

कृष्णपुर नगरपालिका–२ मछेली नदी छेउमा झोपडी बनाएर बसेका बाढीपीडित परिवार । नदीले बस्दै आएको क्षेत्र कटान गरी बगाएपछि दातृ निकायको सहयोगमा पुनः झोपडी निर्माण गरी बस्ने व्यवस्था गरिएको छ ।

सप्तरीको हनुमाननगर–राजविराज सडकखण्ड अन्तर्गत मङ्सापुरमा खाल्टाखुल्टी परेको सडक । सडक खाल्टाखुल्टीका कारण सवारी साधन सञ्चालन गर्न र नागरिकलाई आवतजावतमा समस्या भएको छ ।

घोराही उपमहानगरपालिका–१८, मसिना गाउँका किसानले व्यावसायिक रुपमा गरेको गोलभेंडाखेती । पछिल्लो समय यहाँका किसान गोलभेंडा खेतीतर्फ आकर्षित भएका छन् ।

बाढीले मेलम्ची बजार आउने पक्की पुल र सडकमा क्षति पुगेपछि झोलुंगे पुल हुँदै बिरामी बोकेर अस्पताल लैजाँदै मेलम्ची-८ का स्थानिय ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी