×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : माटाका भाँडा बिक्री गर्न ग्राहक कुर्दै व्यापारी, गोरखामा नागरिकता र पासपोर्ट बनाउनेको घुइँचो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : माटाका भाँडा बिक्री गर्न ग्राहक कुर्दै व्यापारी, गोरखामा नागरिकता र पासपोर्ट बनाउनेको घुइँचो

Artha Sarokar

२२ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले सप्तरीको राजविराजस्थित हटियामा माटाका भाँडा बिक्री गर्न ग्राहकको प्रतीक्षामा बसेका व्यापारीदेखि जिल्ला प्रशासन कार्यालय गोरखामा मङ्गलबार नागरिकता र पासपोर्ट बनाउन आएका सेवाग्राहीको भिडसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

सप्तरीको राजविराजस्थित हटियामा माटाका भाँडा बिक्री गर्न ग्राहकको प्रतीक्षामा बसेका व्यापारी ।

जिल्ला प्रशासन कार्यालय गोरखामा मङ्गलबार नागरिकता र पासपोर्ट बनाउन आएका सेवाग्राही ।

 

तीजको अवसरमा नाचेर रमाउँदै काठमाडौँका युवती ।

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा ुट्रि हाउसु लेखिएको होर्डिङ बोर्ड । यस ठाउँले पर्यटकको ध्यान खिचेको छ ।

भीमदत्त नगरपालिका–९ मटैनाका किसान ड्रागन फ्रुटका विरुवा तयार गर्दै ।

निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय बागलुङमा आएका पहिलो दुई सेवाग्राहीलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ गोसाइँकुण्ड सामुदायिक वनबाट देखिएको घना बस्ती बनेपा बजार ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ गोसाइँकुण्ड सामुदायिक वनबाट देखिएको घना बस्ती बनेपा बजार ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी