×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : बिक्रीका लागि स्याउ टिप्न व्यस्त कृषक, विदेशबाट फर्केर बङ्गुरपालन व्यवसायमा रमाउँदै युवक

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो रु यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले हिमालपारिको जिल्ला मुस्ताङमा बिक्रीका लागि स्याउ टिप्दै एक मुस्ताङी कृषकदेखि काभ्रेपलाञ्चोकको बनेपा सडक खण्डअन्तर्गत धुलिखेल नगरपालिका वडा नं २ नारीगौडास्थित सडक छेउमा रहेको ढुङ्गामा नागको चित्र बनाउँदै गरेका एक युवकको तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

हिमालपारिको जिल्ला मुस्ताङमा बिक्रीका लागि स्याउ टिप्दै किसान । मुस्ताङमा बिक्रीको लागि स्याउ टिप्ने सिजन सुरु भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा–चण्डेश्वरी–रवीओपी–पाँचखाल सडक खण्डअन्तर्गत धुलिखेल नगरपालिका वडा नं २ नारीगौडास्थित सडक छेउमा रहेको ढुङ्गामा नागको चित्र बनाउँदै एक युवक ।

गुल्मी, पाल्पा र स्याङ्गजाको सङ्गमस्थल रिडिमा निर्माण भइरहेको तीन जिल्ला जोड्ने झोलुङ्गेपुल । उक्त पुल नौ करोड ८८ लाख २६ हजारमा ठेक्का सम्झौता भएको छ ।

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल को रुपमा परीचित छ मैयुङडाँडा । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाइमा पर्ने पर्यटकीयस्थल मैयुङडाँडा नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मन्धुम ट्रेल पदमार्गमा पर्दछ ।

म्याग्दीको बेनी नगरपालिका– ७ मङ्गलाघाटका किसान बङ्गुर व्यवसायमा आकर्षित भएका छन् । बङ्गुरको खोर र खोरमा रहेका बङ्गुर देखाउँदै त्यहाँका कृषक रणबहादुर विश्वकर्मा ।

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा मकै गोड्दै गरेका कृषक ।

भोजपुर र सङ्खुवासभा प्रवेश गर्ने मुख्य नाका धनकुटाको लेगुवा–पाख्रीवास–हिले सडक खण्डको अवस्था । यो सडक खण्डको करिब २६ किलोमिटर निर्माणमा ढिलाई हुँदा भोजपुर र सङ्खुवासभा जिल्लाका स्थानीयवासीलाई प्रत्यक्ष असर पुगेको छ ।

हिमालपारिको जिल्ला मुस्ताङमा बिक्रीका लागि स्याउ टिप्दै किसान । मुस्ताङमा बिक्रीको लागि स्याउ टिप्ने सिजन सुरु भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: