×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तुलसीपुर चोकमा सडकको अवस्था बिजोग, संरक्षणको पर्खाइमा राजविराजस्थितको कल्टुपोखरी

PRIME CA

देश बोल्ने फोटो कथा : तुलसीपुर चोकमा सडकको अवस्था बिजोग, संरक्षणको पर्खाइमा राजविराजस्थितको कल्टुपोखरी

अर्थ सरोकार

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले दाङको घोराहीस्थित तुलसीपुर चोकका सडकमा परेका खाल्डाखुल्डीदेखि संरक्षणको पर्खाइमा सप्तरीको राजविराज नगरपालिका वडा नं ३ मा रहेको कल्टुपोखरीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
 
हेरौं फोटो समाचार :

दाङको घोराहीस्थित तुलसीपुर चोकका सडकमा परेका खाल्डाखुल्डी । खाल्डाखुल्डी पुर्नेतर्फ सम्बन्धित निकायको ध्यान गएको देखिदैन ।

सप्तरीको राजविराज नगरपालिका वडा नं ३ मा रहेको कल्टुपोखरी । छठको बेला मात्रै सफा गरिने यो पोखरी संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ ।

कैलालीको चुरे गाउँपालिका–४ जगाती गाउँ जोड्ने सडकमा पहिरो पन्छाउँदै गाउँपालिकाको डोजर ।

बागलुङ नगरपालिका–४ कुँडुलेको फाँटमा गरिएको धान खेती ।

दाङ खण्डमा उर्लिएको बबई नदी । बबई नदी आसपासका क्षेत्रमा सचेतना अपनाउन आग्रह गरिएको छ ।

कञ्चनपुरको बेलडाँडीमा अनौखी खोलाको बाढीले भत्काएको बाटो स्काभेटरको सहायताले मर्मत गर्दै ।

म्याग्दीको बेनी बजारमा रहेको खुल्ला मञ्च खेलमैदानको पर्खाल निर्माण गरिँदै । बेनी नगरपालिकाले खेलमैदान बिस्तार गर्न पर्खाल बनाउन लागेको हो ।

भोजपुर नगरपालिका– ४, दावा सिद्धेश्वरका गणेश विष्टले उत्पादन गरेको अर्गानिक अकबरे खुर्सानी बजार लैजान तयार गरिँदै । विष्टले चार रोपनी क्षेत्रफलमा लगाएको खुर्सानी प्रतिकेजी रु ३०० मा फर्मबाट बिक्री हुँदै आएको छ । एक पटकमा ७० केजीसम्म खुर्सानी टिप्ने गरेको उहाँ बताउनुहुन्छ ।

हरेक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध धर्मावलम्बी ९वज्राचार्य, शाक्य०ले मनाउने पञ्चदान पर्वका दिन आइतबार मध्यपुर थिमि, याचीबहाः पञ्चदानमा सहभागी । वज्राचार्य तथा शाक्यहरुको प्रत्येक घरबाट आजको दिन नगद, अन्न, गेडागुडी, नून, फलफूललगायत खाद्य पदार्थ दान गर्ने प्रचलन छ । वज्राचार्य र शाक्य परिवारका पुरुषहरु चोकचोक, बहा, बहीमा गएर पञ्चदान लिने गर्छन्।

निशेधाज्ञा हटेसँगै धनगढी बजारमा बढेको जाम । साँघुरो सडकका कारण कार्यालय समय आवतजावतका बेला बढी जाम हुने गरेका छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: