काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले दशैँ आएसंगै घर पोत्नका लागि रातो माटोको जोहो गर्दै गरेकी बागलुङका महिलादेखी जाजरकोटमा उपचार हुन नसकेर स्टेचरमा राखेर मिशन अस्पतालमा लगिँदै गरेको बिरामीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
दशैँको रौनक छाए संगै घर पोत्नका लागि रातो माटोको जोहो गर्दै बागलुङ नगरपालिका–३ रातामाटाका महिला ।
शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा साइकलमा प्लाष्टिकका घरायसी सामान बेच्दै भारतीय व्यापारी । व्यापारीले साइकलमा घुम्ती व्यापार गरेर आफ्ना परिवार धान्दै आएको छ ।
जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि स्टेचरमा राखेर चौरजहारीस्थित मिशन अस्पतालमा लगिँदै बिरामी । सदरमुकामस्थित रेडक्रसनजिक सडक भत्किएका कारण स्टेचरमा राखेर बिरामी बोकी लानु परेको हो ।
भोजपुरको स्थानीय बजारमा फलफूल अम्बा बेच्दै महिला । यो सिजनमा यहाँ अम्बाको बिक्री हुने गर्दछ ।
म्याग्दीको अर्थुङ्गेस्थित ढुङ्गाना पोल्टी फर्ममा बेच्न तयार भएका कुखुरा ।
राजविराज–कञ्चनपुर हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको तिरहुत गाउँपालिका वडा नं- ३ पिपराहीमा सडक विस्तार गरिँदै ।
बेनी–जोमसोम सडक खण्डको बाँदरजुङ्गे भीर नजिकै पहिरा पन्छाउँदै गर्दै स्काभेटर । यो सडक सामान्य वर्षा हुँदा पनि पहिरो आएर अवरुद्ध हुने गर्दछ ।
बुटवल उपमहानगरपालिका–१२ ढवाहामा निर्माण गरिएको ढुवानीग्राम । ढुवानीग्राम सञ्चालनको तयारीमा छ ।