×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : लालझाडी गाउँपालिकाका धान थ्रेसिङ गर्दै किसान, वसन्तपुर परिसरमा हस्तकलाका सामग्री खरिद गर्दै युवती

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : लालझाडी गाउँपालिकाका धान थ्रेसिङ गर्दै किसान, वसन्तपुर परिसरमा हस्तकलाका सामग्री खरिद गर्दै युवती

Artha Sarokar

१४ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौंं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आजको अंकमा हामीले लालझाडी गाउँपालिकामा धान थ्रेसिङ गर्दै गरेका किसानदेखि काठमाडौंको वसन्तपुर परिसरमा हस्तकलाका सामग्री खरिद गर्दै गरेका युवतीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं । आज कुन कुन ठाउँमा के के भयो रु यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले आजको अंकमा हामीले लालझाडी गाउँपालिकामा धान थ्रेसिङ गर्दै गरेका किसानदेखि काठमाडौंको वसन्तपुर परिसरमा हस्तकलाका सामग्री खरिद गर्दै गरेका युवतीसम्मका तस्विरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचार

लालझाडी गाउँपालिकाको कञ्जका किसान धान थ्रेसिङ गर्दै ।

काठमाडौंको वसन्तपुर परिसरमा हस्तकलाका सामग्री खरिद गर्दै युवती ।

सप्तरीको राजविराज नगरपालिकाअन्र्तगत पर्ने खाँडो नदीको पूर्व भागमा रहेको खाल्डोमा माछा मार्दै युवा ।

म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेको रञ्जिला कृषि तथा पशुपंक्षी फार्ममा पालिएका कालिज । २१ लाखको लगानीबाट कालिज पालन सुरु गरेका घिमिरेको फार्ममा अहिले ६०० कालिज हुर्कंदै छन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युएमएनको आर्थिक सहयोग तथा ग्रामीण सामुायिक विकास केन्दको सहकार्यमा बडिकेदार एकीकृत सामुदाय रुपान्तरण परियोजनाले आफ्नो गाउँपालिकामा रहेका विपन्न बर्गका कृषकलाई वितरण गरेका उन्नत जातका बाख्रा ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका—६ स्थित मामांखे गाउँमा कृषकले लगाएको बारीमा बाला लाग्दै गरेको कोदो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्र्तगत बलेवाको दम्का फाँटको हिलाम्मे सडकमा फसेको सवारी साधन । बागलुङ खण्ड मर्मत नहुँदा पकट–पटक सडक अवरुद्ध र सवारी हिलोमा फस्ने गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी