×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : राजविराजस्थित गजेन्द्रचोकमा फलफूल किन्दै उपभोक्ता, जीपमा झुण्डिएर यात्रा गर्न बाध्य सर्वसाधारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : राजविराजस्थित गजेन्द्रचोकमा फलफूल किन्दै उपभोक्ता, जीपमा झुण्डिएर यात्रा गर्न बाध्य सर्वसाधारण

Artha Sarokar

२५ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले सप्तरीको राजविराजस्थित गजेन्द्रचोकमा फलफूल किन्दै गरेका उपभोक्तादेखि पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीमा जीपमा झुण्डिएर यात्रा गर्न बाध्य सर्वसाधारणसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
सप्तरीको राजविराजस्थित गजेन्द्रचोकमा फलफूल किन्दै उपभोक्ता ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीमा जीपमा झुण्डिएर यात्रा गर्दै सर्वसाधारण । दमौली बजारमै जोखिमपूर्ण रुपमा यात्रा गर्दा पनि प्रहरीको दृष्टि पुग्न सकेको छैन ।

कैलालीको भजनी नगरपालिकाअन्तर्गत हुलाकी सडकमा माछा मार्न जान लागेका थारू महिला । उहाँहरु एकैठाउँमा सामूहिकरुपमा जम्मा भएर वर्षात्को पानी जम्मा भएको तलाउ वा पोखरीमा गएर हेल्काको प्रयोग गरी माछा मार्न जाने गर्दछन् ।

वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत करेखोलाको छुच्चीस्थित सात हजार वर्गमिटर जमीनमा हिमालयन कृषि तथा पशुपक्षी प्रोडक्ट कम्पनीमा पालिएका टर्की तथा कुखुरासँग रमाउँदै बालक ।

वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत करेखोलाको छुच्चीस्थित सात हजार वर्गमिटर जमीनमा हिमालयन कृषि तथा पशुपक्षी प्रोडक्ट कम्पनीमा पालिएका टर्की तथा कुखुरासँग रमाउँदै बालक ।

म्याग्दीको सदरमुकाम बेनी बजार नजिकै पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहिराले क्षति पु¥याएको पाइप मर्मत गर्दै पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पदाधिकारी र उपभोक्ता ।

पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको कल्याणपुरमा बीच सडकमा नै बनाइएको गोल्मबर (पार्क) । यसरी मुख्य सडकमा नै रहेको गोल्मबर (पार्क_ का कारण दैनिक सवारीसाधन दुर्घटनाको उच्च जोखिम बढेको छ ।

 

कृष्णपुर नगरपालिकाको गुलरियाका कृषक लालझाडी संरक्षित क्षेत्रमा बाख्रा चराएर घर फर्कंदै । बाख्रापालनका लागि कृष्णपुर अग्रस्थानमा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी