Skip to content
LAXMI SUNRISE BANK

पोखराका लागि उडेको बुद्ध एयरको अर्को जहाजमा पनि समस्या, गन्तव्यमा नपुगी फर्कियो काठमाडौँ

अर्थ सरोकार

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्किएको छ । बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाजको जहाजको ककपिटमा धुँवा देखिएपछि पोखरा नपुगी काठमाडौं फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको हो  ।
जहाजमा देखिएको समस्या समाधान गरी पुनः पोखरा गएको विमानस्थलले जनाएको छ । यस्तै आजै काठमाडौंबाट विराटनगरका लागि उडेको विमानको अवतरण गर्ने बेला पाङ्ग्रा नखुलेपछि काठमाडौं फिर्ता भएको छ । सो विमानले काठमाडौँको आकाशमा झन्डै २ घण्टासम्म फन्को मरेको थियो भने पछि सकुशल अवतरण भएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK