×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्स लिमिटेडको शाखा कार्यालय नेपालगञ्ज र कोहलपुरमा पनि

GLOBAL IME BANK
SHREE KESH

पोखरा फाइनान्स लिमिटेडको शाखा कार्यालय नेपालगञ्ज र कोहलपुरमा पनि

४ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३औँ र २४औँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको लागी विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्य अनुरुप नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखाहरु खोलिएको फाइनान्सले जनाएको छ । यस शाखाहरु मार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, डिम्याट, मोवाइल बैकिङ, सिआस्वा, आइपिएस, चेक क्लियरिङ रेमिटेन्स लगायत अन्य आधुनिक बैकिङ सेवाहरु प्रवाह गरिने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए । चुक्तापुँजी ९६.३१ करोड रहेको यस वित्तीय संस्थाको हालसम्मको निक्षेप ९ अर्व ३४ करोड तथा कर्जा लगानी ७ अर्व ४६ करोड रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: