×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु क्यापिटलद्धारा बालबालिका लक्षित ‘Prabhu Little Champ PMS’ योजना सार्वजनिक, यस्ता छन् विशेष सुविधाहरु

काठमाडौं । प्रभु क्यापिटलले भाद्र २९ गते बालदिवसको शुभ अवसर पारेर स-साना नानीबाबुहरुलाई लक्षित गरेर उनीहरुको लागि ‘Prabhu Little Champ PMS’ योजनाको सुरुवात गरेको छ । यो योजना अन्तर्गत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ । यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एउटा पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्नेछ । प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत

रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई लक्षित गर्दै यो लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा सहयोगी बन्नसमेत आग्रह गरेको छ । ‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारा सहित सञ्चालन गरिने यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्नेछ ।

यो योजनाका विशेषताहरु निम्नानुसार रहेको छ :

  • न्यूनतम लगानी अवधिः ५ वर्ष
  • हर्डल रेटः ८ प्रतिशत
  •  वार्षिक व्यवस्थापन शुल्क (एएमसी): २ प्रतिशत
  •  मुनाफामा लाग्ने शुल्कः २० प्रतिशत
  • लक इन अवधिः ५ वर्ष
  • लक इन अवधि अगावै योजना बन्द शुल्कः ३ प्रतिशत
  •  नाफा वितरणः न्यूनतम लगानी अवधि पश्चात
  •  गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गर्नेछ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन सक्नेछन् । यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ । यो सेवाको बारेमा थप जानकारी लिन चाहने सेवाग्राहीले प्रभु क्यापिटलको वेवसाइट https://www.prabhucapital.com का साथै फोन नं. ०१-५९७०२०० तथा मोबाइल ९८४००७६२०० मा सम्पर्क गर्न सक्नेछन् ।

 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: