काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड १५औं वर्षमा प्रवेश गरेको छ । बैंकको सुरुमा १००० कित्ता सेयर खरिद गर्ने लगानीकर्ताको आर्थिक वर्ष २०७६/७७ को लाभांशसम्म हिसाब गर्दा ११ हजार ४०० कित्ता सेयर पुगेको छ । कम्पनीले वार्षिकउत्सवको अवसरमा सो जानकारी दिएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लाभांश प्रस्ताव नगरेको अवस्थामा अझै सेयर थपिने सम्भावना रहेको छ । कम्पनीले प्रदान गरेको तथ्याङ्कलाई आधार मान्दा लगानीकर्ताको सेयर ११ गुणा भन्दा धेरैले वृद्धि भएको हो । कम्पनीका अनुसार कम्पनीको हाल चुक्ता पुँजी १६ अर्ब ८ करोड, १८९ शाखा संजाल, निक्षेप १६० अर्ब, कर्जा १४२.९८ अर्ब, ग्राहक संख्या ९ लाख ३३ हजार ५ सय २७, संचालन नाफा ४ अर्ब ६९ करोड रहेको छ । यस्तै कम्पनीले सरकारलाई वार्षिक करिब २ अर्ब राजस्व तिरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्