काठमाडौं । सरकारले चालू आवमा पाँच लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने भएको छ । गत वर्षको तुलनामा करिब एक लाख भन्दा बढी मल आयात गर्न लागिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । मलखाद व्यवसायी सङ्घ नेपालको पाँचौ साधरणसभा तथा दोस्रो महाधिवेशनमा यहाँ आज आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले मल आयातमा गत वर्ष १० अर्ब ५० करोडको अनुदान दिइएकामा यसवर्ष रु १२ अर्बको अनुदान दिन लागिएको जानकारी दिनुभयो ।
अर्का सचिव डा गोविन्द शर्माले कृषि उत्पादनमा आवश्यक रहेको मल वितरण प्रक्रियामा निजी क्षेत्रको संलग्नता रहेपनि मूल्य निर्धारणमा एकरुपता नरहेको भन्ने गुनासो आएकोमा चिन्ता व्यक्त गर्नुभयो । सरकारले तोकेको मूल्यमा व्यवसायीले किसानको खेतबारीमा मल पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल भारतलगायत अन्य मुलुकबाट आयात गर्ने व्यवस्था छ । किसानको पहुँचमा मल पुर्याउन यी संस्थाले केही सहकारी र निजी क्षेत्रका व्यवसायीलाई मल बिक्री गर्ने गर्दछन् । साल्ट ट्रेडिङ कर्पोरेशन, कृषि सामग्री कम्पनीलगायत संस्थाका प्रतिनिधिले मलको सुरक्षित भण्डारण गर्न नसकेमा त्यसको गुणस्तरमा समस्या आउने उहाँले बताउनुभयो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्