×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको Point of Sale (POS) कारोबारमा क्यास ब्याक अफर, कहिलेदेखि लागु हुने ?

GLOBAL IME BANK
SHREE KESH

राष्ट्रिय वाणिज्य बैंकको Point of Sale (POS) कारोबारमा क्यास ब्याक अफर, कहिलेदेखि लागु हुने ?

१३ आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न Point of Sale को माध्यमबाट प्रति कारोबार १ हजार वा सो भन्दा बढीको Card Swipe गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने छ ।
देशभर विभिन्न व्यवसायहरुमा रहेको POS को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै Card Swipe गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ । यस अन्तर्गत ३ देखी ५ पटकको Card Swipe मा ५ प्रतिशत  अधिकतम क्यास ब्याक वा ५ सय  ६ देखी १० पटकको Card Swipe  मा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७ सय ५० ११ देखी १५ पटकको Card Swipe मा १५ प्रतिशत  अधिकतम क्यास ब्याक वा १ हजारमध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुनेछ । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ संचालनमा रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: