रोल्पा । थवाङ गाउँ सोलार मिनिग्रिड चलेपछि झिलिमिली बनेको छ । थवाङ गाउँपालिका–१ विवाङमा सोलार मिनिग्रिड स्थापना गरिएपछि गाउँ झिलिमिली भएको हो । गाउँमा सोलार मिनिग्रिड सञ्चालन भएपछि धेरै सहज भएको स्थानीयवासी हीराबहादुर घर्तीले बताउनुभयो । पहिले बेलाबेलामा बत्ती जाने र आएका बेला मोबाइल चार्ज गर्दासमेत समस्या भोग्दै आएको घर्तीले जानकारी दिनुभयो । यसरी गाउँपालिकामा सोलार मिनिग्रिड निर्माण भएपछि साना तथा मझौला उद्योग सञ्चालन गर्न सहज हुने घर्तीले बताउनुभयो ।
नेपालको सबै भन्दा ठूलो १५० किलोवाट क्षमता भएको सोलार मिनिग्रिड स्थापना भएसँगै प्रभावकारी बन्दै गएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले जानकारी दिनुभयो । गतवर्ष गाउँपालिकाको मङ्गारखोला माइक्रो हाइड्रोपावरबाट विद्युत् उत्पादन गरिएको थियो । उक्त विद्युत् १३.५ किलोवाट रहेको थियो । विद्युत् अनियमित हुँदा जनताले सास्ती भोग्दै आएको स्थानीयवासीले बताएका छन् ।
अहिले सौर्य ऊर्जाबाट उत्पादन गरिएको विद्युत्बाट उद्योग चलाउन सकिने समेत बताइएको छ । थवाङमा फर्निचर उद्योग चलाउँदै आउनुभएका कर्मधन रोकाले सोलार मिनिग्रिडबाट फर्निचर सम्बन्धी कार्य गर्न सहज भएको बताउनुभयो । स्थानीय माइक्रो हाइड्रोपावर हुँदा वर्षात्को समयमा कहिले पहिरो गएर विद्युत् अवरुद्ध हुने, कहिले रुख ढलेर अवरुद्ध हुने समस्याले जनताले धेरै कष्ट भोग्दै आएका थिए ।
अहिले २४ सै घण्टा बत्ती आइरहने र दैनिक कार्यमा सहज भएको गाउँपालिका अध्यक्ष घर्तीको भनाइ छ । केन्द्रीय प्रसारण लाइन नपुगेका र पुर्याउन धेरै समय लाग्ने दुर्गम ठाउँमा घामबाट सुरु हुने सोलार मिनीग्रिड प्रभावकारी हुने थवाङ सोलार मिनिग्रिड निर्माणकार्य सूर्योदय प्राली काठमाडौँका सिनियर टेक्निसियन प्रज्ज्वल श्रेष्ठले बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्ध्न केन्द्रको आठ करोड ३४ लाख १८ हजार तथा गाउँपालिकाको ८१ लाख दुई हजार गरी कूल लागत नौ करोड १५ लाख २० हजार बराबर रकममा आयोजना सम्पन्न गरिएको थवाङ सोलार मिनिग्रिड सञ्चालन समितिका अध्यक्ष वसन्त रोकाले बताउनुभयो । उक्त सोलार मिनिग्रिडबाट गाउँपालिकाका करिब ३९२ घरधुरी लाभान्वित भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्