Skip to content
LAXMI SUNRISE BANK

साधना लघुवित्तद्धारा व्यवसाय प्रवर्द्वन एवम् जोखिम व्यवस्थापन तालिम सुरु, अनुगमन अधिकृतहरुको क्षमता अभिवृद्धि गरिने

अर्थ सरोकार

गोरखा । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयको आयोजनामा वित्तीय संस्थामा कार्यरत अनुगमन अधिकृतहरुको क्षमता अभिवृद्धिका लागि व्यवसाय प्रवद्र्धन एवम् जोखिम व्यवस्थापनका आधारभुत सिप विकास कला र कौशल बिषयक २ दिने तालिम शनिबारबाट गोरखामा सूरु भएको छ । वित्तीय संस्थाका सञ्चालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाको प्रमुख आतिथ्यता र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेको अध्यक्षतामा सुरु भएको तालिममा सहभागीहरुलाई स्वागत गर्दे वित्तीय संस्थाकी बरिष्ठ प्रबन्धक सरिता ढकाले अनुगमन अधिकृतहरुको कार्यसम्पादन स्तर, क्षमता, सञ्चालित कार्यक्रम को गुणस्तर मापन तथा कर्मचारीहरुको सिकाईस्तर अभिबृद्धि गरी संस्थागत व्यवसायको प्रवर्द्वन एवम् गर्न र प्रभावकारी जोखिम व्यवस्थापनको रणनितीक योजना तय गर्न यस तालिमको आयोजना गरिएको बताएका छन् ।

तालिमको उद्घाटन सत्र लाई सम्बोधन गर्दै वित्तीय संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले कर्मचारी वित्तीय संस्थाको सम्पती भएकाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । अनुगमन अधिकृत वित्तीय संस्थाको धरोहर रहेकोले शाखा कार्यालयहरुको अनुगमन कार्य गर्दा संयमित भई गर्न, कार्यक्रमको गुणस्तर वृद्धि गर्न, संस्थागत सुशासन कायम गरी लक्ष्य अनुसारको प्रगती गर्न अनुगमन अधिकृतहरुलाई निर्देशन दिएका छन् । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाको ७७ बटा शाखा शाखा कार्यालयहरुबाट ग्रामिण तथा दुर्गम क्षेत्रमा करिब ७२,००० सदस्यहरुलाई प्रत्यक्ष वित्तीय सुविधाहरु प्रदान गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK