×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्तद्धारा धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न, परिवर्तित कर्जा निती नियमबारे जानकारी गराउने उद्देश्य

GLOBAL IME BANK
SHREE KESH

साधना लघुवित्तद्धारा धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न, परिवर्तित कर्जा निती नियमबारे जानकारी गराउने उद्देश्य

५ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गोरखा । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई गोरखा प्यालेस गोरखामा २ दिने धितो कर्जा ब्यवस्थापन तालिम प्रदान गरेको छ । उक्त तालिमको बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेले पानसमा बत्ति बालेर समुद्घाटन गरेका थिए । उक्त तालिमलाई सम्बोधन गर्दै उनले धितो कर्जाको ब्यवस्थापन, प्रभावकारी धितो निरिक्षणका आधारभुत ज्ञान कौशल एवम् कर्मचारीहरुको सिकाई उपलब्धीको मापन, उत्पादकत्व क्षमताको अभिबृद्धि, गरी संस्थागत ब्यवसाय प्रवर्दन गर्न साथै शाखा प्रमुखहरुमा वित्तीय संस्थाको समयसापेक्ष परिवर्तित कर्जा निती नियमहरुको जानकारी र ब्यबस्थापन गराउने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिनुभएको थियो ।

तालिममा धितो सुरक्षणको प्रमाणीकरण, विभिन्न नक्साहरुको अध्ययन तथा कागजातहरुको जाँच, जग्गा मापनका आधार र बिधीहरु,धितो मुल्याङ्गन र पक्रिया एवम् धितो निरक्षणका लागी प्रयोग गर्न सकिने बिबिध मोबाईल एप्लिकेशनहरुको बारेमा जग्गा ब्यवस्थापन तालिम केन्द्र धुलिखेलका निर्देशक लेखनाथ दाहाल एवम् धितो कर्जा प्रवाहको बिधी र ब्यवसाय प्रवर्दनको तरिकाहरु र प्रभाबकारी कर्जा असुली र बार्ता बिधीहरुको बारेमा श्रवण कुमार सर्पोट प्रा.लिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले सहभागीहरुलाई प्रशिक्षण एवम् सहजीकरण गरेका थिए । उक्त तालिममा २६ बटा शाखा कार्यालयमा कार्यरत २७ जना शाखा प्रमुखहरुको सहभागीता रहेको थियो । नेपालको बिकट तथा ग्रामिण जिल्लामा बिभिन्न ८६ वटा शाखा कार्यालयहरु मार्फत हाल ७५ हजार भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्दे आईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: