×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साहस उर्जाको ७० करोड रुपैयाँको ७० लाख कित्ता आइपीओ बुधबारदेखि बिक्रीमा, सर्वसाधारणले १० कित्तादेखि भर्न पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

साहस उर्जाको ७० करोड रुपैयाँको ७० लाख कित्ता आइपीओ बुधबारदेखि बिक्रीमा, सर्वसाधारणले १० कित्तादेखि भर्न पाउने

Artha Sarokar

५ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि भोलि बुधबारबाट ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा सो आइपीओ जारी गर्ने भएको हो । जसमा ५% (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३% (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सो सेयरमा असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै आइपीओ बिक्री नभएमा भने असोज २० गतेसम्म खुला रहनेछ । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ भने अधिकतम १० लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ । इक्रा नेपालले साहस उर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी