×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकमा ‘इन्साइडर ट्रेडिङ’को गन्ध ! विहानै सूचना पाएकाले भकाभक उठाए सेयर ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

सानिमा बैंकमा ‘इन्साइडर ट्रेडिङ’को गन्ध ! विहानै सूचना पाएकाले भकाभक उठाए सेयर ?

काठमाडौँ । बुधबारको सेयर बजारमा राम्रो उछाल आयो । यो उचालका बीच बैंकिङ सेक्टर ३.२८ प्रतिशतले बढ्यो । तर यहिबीच सानिमा बैंकको सेयर मूल्यको बढोत्तरी भने ८.५१ प्रतिशत थियो । धेरैको प्रश्न थियो- ‘आखिर सानिमा बैंक यसरी किन बढ्यो ?’
यसमा दुई उत्तर थिए-
१. बजार बढेका बेला राम्रो कम्पनी भनेर सानिमाको सेयरको भाउमा ठुलो बढोत्तरी भयो
२. होइन, केहि राम्रो बोनस र क्यासको घोषणा हुँदै गरेको हुनुपर्छ
अर्काथरी बजारमा चर्चा गर्दैथिए- आजै बेलुका केहि नयाँ र खास न्युज आउंदैछ ।
आखिर भयो त्यस्तै । सानिमा बैंकले १७ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद वितरण गर्ने घोषणा गर्यो । दिनभरको कारोबारमा उच्च बढोत्तरी हुनु र बेलुका सो घोषणा हुनुले दिउँसै धेरैको हातमा सो सूचना पुगिसकेको थियो भन्ने अड्कल अहिले धेरैले गरेका छन् ।
प्रचलित कानुन अनुसार इन्साइडर ट्रेडिङ गैरकानुनी धन्दा हो । तर लामो समयदेखि नेपालको सेयर बजारमा यस्तो भित्री कारोबार हुँदै आएको छ । केहि समय अगाडी अजोड इन्स्योरेन्स प्रकरणमा पनि भित्री कारोबार लगभग पुष्टी भएको थियो । तर बोर्डले कम्पनीलाई केहि पनि कारवाही गर्न सकेन । जसका कारण यसरी भित्री कारोबार गर्नेहरु झन् झन् उत्साहित हुँदै गए । र आज सानिमा बैंकमा पनि यसरी नै भित्री कारोबार भएको चौतर्फी चर्चा बढेको छ ।
यसबारेमा सानिमा बैंक केहि बोल्न मानिरहेको छैन भने बोर्ड अरु बेलाजस्तै इन्साइडरको उजुरी पर्खेर बसेको छ ।  अन्तिममा इन्साइडर पाउनेहरुले सुरुमा नै किने, अन्तिममा साना तथा नयाँ लगानीकर्ता फस्ने निश्चित रहेको भन्दै यतिबेला यो प्रकरणको चौतर्फी आलोचना भएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: