×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुजु नेपाल र शंखमुल फुटसलबीच सम्झौता, कुजुले राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगिताको प्रायोजन गर्ने

PRIME CA
laxmi sunrise bank

कुजु नेपाल र शंखमुल फुटसलबीच सम्झौता, कुजुले राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगिताको प्रायोजन गर्ने

अर्थ सरोकार

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार

काठमाडौं । आगामी असोज २ गतेदेखि असोज २३ गतेसम्म पोखरामा पहिलो राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगिता आयोजना हुने भएको छ । उक्त फुटसल लिगमा शंखमुल फुटसललाई कुजु नेपाल प्रा.लिले प्रायोजन गर्ने भएको छ । प्रायोजनका लागि कुजु नेपाल र शंखमुल फुटसलबीच सम्झौता भएको हो । एन्फा फुटसलका प्रमुख विनोद गुरुङ्गको प्रमुख आतिथ्यतामा कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ र सम्राट पाण्डे र शंखमुल फुटसलका प्रमुख निर्देशक नरेश अवालेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रकाश परियारको प्रशिक्षणमा रहेको शंखमुल फुटसलको टिममा १७ खेलाडी रहेका छन् ।

कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ र सम्राट पाण्डेले शंखमुल फुटसलसँग सहकार्य गर्न पाउँदा खुशी भएको बताए । कुजु नेपालले शंखमुल फुटसललाई प्रमुख प्रायोजन गर्ने भएको हो । कुजु नेपालले शंखुमल फुटसललाई २ लाख नगदसहित अन्य आवश्यक सामाग्री प्रायोजन गर्ने जनाएको छ । कार्यक्रममा कुजु नेपालले प्रायोजन गरेको खेलाडीले लगाउने जर्सी समेत सार्वजनिक गरिएको थियो । कुजु नेपाल प्रा.लि.अन्तर्गत दरबारमार्गमा रहेको ओपिएम रेष्टुरेण्ट, डि.एफ.एस.के मोटर्स.र याडिया प्रिमियम इलेक्ट्रिक स्कुटर सञ्चालनमा रहेका छन् ।  कुजु नेपालले सन् २०१८ देखि नेपाली बजारमा चाइनिज ब्राण्ड डि.एफ.एस.के का कार र यही सालदेखि याडिया प्रिमियम इलेक्ट्रिक स्कुटर विक्री वितरण गरिरहेको छ ।शंखमुल फुटसल राष्ट्रिय लिग च्याम्पियनसिप जित हाँसिल गरिसकेको टिम हो । शंखमुल फुटसल यस वर्ष पनि आफ्नो जितलाई निरन्तरता दिन आक्रामक तयारी गरिरहेको प्रशिक्षक प्रकाश परियारले बताउनुभयो । एन्फा अन्तर्गतको फुटसल कमिटीले आयोजना गर्ने प्रतियोगितामा देशैभरिबाट १० टिम छनौट भएका छन् । खेल विजेताले १० लाख रुपैयाँको पुरस्कार पाउने छन् । यस प्रतियोगिताको खेलबाट उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टिममा समेत छनौट गरिने जनाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: