×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर कर्जाको १२ करोडको नीति परिवर्तन भएन भने नेपाल राष्ट्र बैंकलाई फलामको च्यूरा चपाउनु बराबर हुनेछ’ : राधा पोखरेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘सेयर कर्जाको १२ करोडको नीति परिवर्तन भएन भने नेपाल राष्ट्र बैंकलाई फलामको च्यूरा चपाउनु बराबर हुनेछ’ : राधा पोखरेल

२० भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राधा पोखरेल । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नितीमार्फत सेयर बजारलाई प्रभावित पार्ने गरी सबै बैंक तथा वित्तिय सस्थालाई एकिकृत निर्देशिका जरी गर्दै ४/१२ करोडको क्याप लगाई दिएको कुरा आम लगानीकर्ता मित्रहरुमा जग जाहेरै भएको विषय हो ।
केही दिन पहिला कान्तिपुर टेलिभिजनले सोल्टी होटलमा आयोजना गरेको “आर्थिक समिट २०२१” मा नेपाल पूँजी बजार लगानीकर्ता संघको तर्फबाट मैले पनि उक्त समिटमा भाग लिने मौका पाएको थिँए । त्यस बखत बोल्ने क्रममा मैले नेराबैंका हालका गभर्नर श्री महाप्रसाद अधिकारी ज्यूलाई पटक पटक पूँजीबजारको हितमा कदम चल्नलाई सुझाएको कुरा उक्त कार्यक्रमको रेकर्ड मै छ ।
बिडम्बना बैंक तथा बित्तिय सस्थाले आफ्नो कोर क्यापिटलको निश्चित प्रतिशत रकम सेयर बजारमा लगाउन पाउने त्यही नेराबैंले बनाएको निती अहिले आएर आफैले धज्जी उडाउने काम गरेको छ । यो कदम हाम्रो लागी “गर की मर” भने जस्तै भएको हुँदा हरसम्भब हाम्रो सम्पतीको सुरक्षार्थ आम लगानीकर्ता लाग्नु नै हुने छ भन्ने मैले आम विश्वास समेत लिएकी छु ।
पछिल्लो समय नेपालको पूँजी बजार बामेसर्ने यूगबाट टुकुटुक हिडनेसम्मको यूगमा प्रबेश गर्दै गरेको कुरा आम लगानीकर्ता माझ घाम जत्तिकै छर्लड. छ । यसको वाबजुद नियामक निकायबाट बेला बेलामा “बेमौसमि बाजा” बजाई दिएको देख्दा आम लगानीकर्ताको सम्पत्तिमा गम्भिर समस्या देखा पर्ने गरेको छ । उपल्लो पदमा जान मरिहत्ते गरेर पुग्ने त्यस पछी आफु भन्दा माथिल्लो तालुकदारको कुरै नसुन्ने परि पाटी हालै नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो निर्णयबाट “डोकाले छोपेको बिरालो” जस्तो छर्लैङ्गै भएको छ ।
मैले केही दिन पहिला नबगठित संयूक्त सरकारका माननिय अर्थमन्त्री श्री जनार्दन शर्मा ज्यूलाई कार्यभार समाले कै दिन अर्थ मन्त्रालय गएर बजारका बिषयमा र नेपाल राष्ट्र बैंकले मौद्रिक नितीमार्फत चाल्न सक्ने लगानीकर्ता मारा नितीको बिषयमा पूर्बानुमान गरी माननिय मन्त्रीज्यू समक्ष अनुरोध गरे कै थिँए ।
नभन्दै मैले अनुमान गरी माननिय अर्थ मन्त्री ज्यूलाई भने जस्तै गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नितीमार्फत त्यसै गर्यो । नेराबैंको यो कदम हामी आम लगानीकर्तालाई किमार्थ स्वीकार्य छैन । यही यो कदम नसच्याई लगानीकर्तालाई लतारेर अगाडी बढछु भन्ने लाग्छ भने हामी आम लगानीकर्ता आन्दोलनको ज्वारभाटा सिर्जनना गर्न पछी पर्ने छैनौ । त्यस पछीको परिणाम नेप्से र धितोपत्र बोर्डले भोगेको पछिल्लो घट्ना भन्दा पृथक हुने छैन ।
सम्वेदनशिल विषयमा आम लगानीकर्ताको मनोभावनालाई सम्बोधन गर्दै समय छदै नेराबैंले आफ्नो पछिल्लो ( ४/१२ करोड को क्याप ) सच्याउँनलाई सरोकारवाला व्यक्ति सँगैसँगै अर्थमन्त्रीज्यू लगाएत माधव नेपालज्यूलाईसमेत लाई बारम्बार अवगत गराउँदै आएकी छु । यदि यस कुरालाई बेवास्ता गर्दै यो निती परिवर्तन भएन भने नेपाल राष्ट्र बैंकलाई हेक्का रहेस् फलामको च्यूरा चपाउनु बराबर हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी