काठमाडौँ । साइन रेसुङ्गा विकास बैंकबाट दुई डेपुटी सीईओ र एक डिजिएमले स्वैच्छिक अवकाश लिएका छन् । तीन विकास बैंक मर्जर भएर बनेको साइन रेसुङ्गा विकास बैंकमा डेपुटी सीईओद्वय रहेका प्रकाश गुरुङ, पुष्करराज जोशी तथा डिजीएम सार्जन भट्टराईले स्वैच्छिक अवकाश लिएका हुन् ।
बैंककमा सिनियर कर्मचारी धेरै भएकोले बैंक सञ्चालक समितिले भिआरएस निकालेको थियो । बैंकले अवकाश लिने तिनै जना कर्मचारीलाई १८ महिनाको तलब भत्ता सुविधा तथा गाडी सुविधासमेत प्रदान गरेको छ । २ वर्षअघि मर्ज भएर साइन रेसुङ्गा विकास बैंक बनेको सो बैंकमा प्रकाश गुरुङ पूर्णिमा विकास बैंकबाट र पुष्करराज जोशी भार्गव विकास बैंकको सीईओ रहेका थिए ।
यस्तै सार्जन भट्टराई साइनको जिएम रहेका थिए । तिनै जनाले अवकाश लिएपछि बैंकको डेपुटी सीईओमा लोकराज पनेरु मात्र रहेका छन् भने सीईओ प्रकाश पौडेलले निरन्तरता पाएका छन् । पौडेलको कार्यकाल १६ महिना मात्र बाँकी हुँदा सिनियर कर्मचारीले अवकाश लिएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्