×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकद्वारा आदर्श कन्या माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण, शिक्षा प्रणालीलाई गुणस्तरीय र प्रविधिमैत्री बनाईने

GLOBAL IME BANK
SHREE KESH

सिद्धार्थ बैंकद्वारा आदर्श कन्या माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण, शिक्षा प्रणालीलाई गुणस्तरीय र प्रविधिमैत्री बनाईने

१७ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले ललितपुर नगरपालिका मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ६ थान कम्प्युटर सेट हस्तान्तरण गरेको हो । उक्त कम्प्युटर सेट बैंकका वरिष्ठ प्रबन्धक प्रदिप पन्तले आदर्श कन्या निकेतन विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई प्रदान गरेका हुन् ।

बालिकाहरुको शिक्षामा केन्द्रित भई स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले उक्त कम्प्युटर सेटहरु विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । यस अभियान अन्तगत यस विद्यालयका लगभग ३०० विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको अवसर पुर्याउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: