×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५औँ वर्षमा प्रवेश, जगेडा कोषमा ३४ करोड १७ लाख रुपैयाँ जम्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५औँ वर्षमा प्रवेश, जगेडा कोषमा ३४ करोड १७ लाख रुपैयाँ जम्मा

Artha Sarokar

६ आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो सुखद ४ वर्ष पुरा गरी ५ औँ वर्षमा प्रवेश गरेको हो  । २०७४ असोज ६ गते जीवन बीमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनी नेपालको जीवन बीमा व्यवसायमा छोटो अवधिमै अग्रणी बीमा कम्पनीको रुपमा स्थापित हुन सफल भएको छ ।
कम्पनीले हाल २० वटा शाखा कार्यालयमार्फत जीवन बीमाको सेवा सुविधा प्रदान गर्दै आइरहेको छ भने १३ वटा जीवन बीमा पोलिसी बिक्री गर्दै आइरहेको छ । यस्तै जीवन बीमा कोष २ अर्ब ३९ करोड रुपैयाँ पुर्याउन सफल भएको छ भने जगेडा कोषमा पनि ३४ करोड १७ लाख रुपैयाँ जम्मा गरेको छ ।
हालसम्म ४ अर्ब ३९ करोड रुपैयाँ भन्दा धेरै कुल बीमा शुल्क आर्जन गरिसकेको छ । करिव एक लाख ५६ हजार वटा बीमा पोलिसी जारी गरिसकेको छ । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको सन नेपालले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक सेयर जारी गर्ने तयारी गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी