×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

तेह्रथुम पावरको ८ लाख कित्ता आइपीओको प्रि–अलटमेन्ट सम्पन्न, शुक्रबारसम्म बाँडफाँड गर्ने तयारीमा बिक्री प्रबन्धक

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओको प्रि–अलटमेन्ट सम्पन्न भएको छ । कम्पनीको आइपीओको प्रि–अलटमेन्ट आज मध्यान्ह १२ः ३० बजे सम्पन्न भएको हो । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले कम्पनीको आइपीओ शुक्रबारसम्ममा बाँडफाँट गरिने तयारी भएको जनाएको छ ।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । निष्कासन गरिएको कुल सेयरमध्ये २ प्रतिशत सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी हुन ७ लाख ४४ हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको थियो ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेका कारण अन्य कम्पनीको तुलनामा उक्त कम्पनीको आईपिओ राम्रो मानिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: