×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार पनि सेयर बजारमा पहिरो, पहिरो जाँदा पनि यी कम्पनीमा लाग्यो लगानीकर्ताको ओहिरो !

PRIME CA
GLOBAL IME BANK

मंगलबार पनि सेयर बजारमा पहिरो, पहिरो जाँदा पनि यी कम्पनीमा लाग्यो लगानीकर्ताको ओहिरो !

१२ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा पहिरो गएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार८२८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ७४ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । यस कम्पनीको १८ करोड ८२ लाख २७ हजार २९६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज पनि सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यसैबीच मंगलबारको सेयर बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । मनकामनाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेसँगै मैलुङ खोला जलविद्युत कम्पनी, मेगा बैंक, बोटलर्स नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । यस कम्पनीको १८ करोड ८२ लाख २७ हजार २९६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, नेशनल हाइड्रोपावर कम्पनी, आईसिएफसी फाइनान्स, एनआसी एशिया बैंक, नेपाल बैंक, अपि पावर, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण काबेली हाइड्रोपावर, नबिल बैंकको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा ७ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । नेपाल हाईड्रो इनर्जी र हिमालयन पावर पाटनर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । नेपाल हाईड्रो र हिमालयन पावरको सेयरमा यस्तो गिरावट आउँदा गोर्खाज फाइनान्स, जोशी हाईड्रोपावर कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, शिभ श्री हाईड्रोपावर लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: