×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारको सेयर बजार : आएसिएफसी फाइनान्ससहित १३ कम्पनीमा पोजेटिभ सर्किट, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबारको सेयर बजार : आएसिएफसी फाइनान्ससहित १३ कम्पनीमा पोजेटिभ सर्किट, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

Artha Sarokar

६ आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १०४.८८ अंकले बढेर २९१६.९५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १७ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २३ करोड ३४ लाख ८५ हजार ५११ रुपैयाँको सेयर कारोबार भएको हो । आज १३ वटै उपसमूहमा हरियाली छाएको छ ।

बुधबारको सेयर बजारमा १३ कम्पीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । आएसिएफसी फाइनान्स, बेस्ट फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर कम्पनीसहित १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेसँगै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स, पञ्चकन्या हाइड्रोपावर कम्पनी, माउन्टेन हाईड्रो नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २३ करोड ३४ लाख ८५ हजार ५११ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, आरएमडिसि लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, महालक्ष्मी विकास बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, ज्योति विकास बैंक र नेपाल बैंकको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी