×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइतबारको बजार अपडेट : यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब २४ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ७० करोड ३३ लाख बढीको सेयर कारोबार भएको छ । आज आइतबार सबै समूहका उपपरिसूचक घटेका छन् ।

आइतबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको ७० करोड ३३ लाख ३० हजार २०८रुपैयाँ बराबरको कारोबार भएको छ । यस अलावा हिमालयन डिस्टिलरी, नेपाल बैंक, नबिल बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कामना सेवा विकास बैंक, नेशनल हाइड्रोपावर कम्पनी, ज्योती विकास बैंक कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यता आइतबारको बजारमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले मनग्य पैसा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले सेयर
मूल्य बढेको हो । यस अलावा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा १३ कम्पनीका लगानीकर्ताले नमज्जासँग गुमाएका छन् । जसमा नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स र बेस्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, रिलायन्स् फाइनान्स, अरुण काबेली पावर, यूनिभर्सल पावर कम्पनी , हिमालय उर्जा विकार कम्पनी, रुरु जलविद्युत परियोजना र सिइबिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स र बेस्ट फाइनान्ससहित अन्य १३ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: