×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सोमबारको बजार अपडेट : यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १६१.९४ अंकले घटेर २९८०.७८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) काअनुसार सोमबार कुल २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ८२ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ४६ करोड ३० लाख बढीको सेयर कारोबार भएको छ । आज सोमबार सबै समूहका उप-परिसूचक बढेका छन् ।

सोमबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको ४६ करोड ३० लाख ९१ हजार ४५६ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अलावा हिमालयन डिस्टिलरी, अपर तामाकोशी हाईड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, आईसिएफसी फाइनान्स,एनआइसी एशिया बैंकको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यता सोमबारको बजारमा ४५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जसमा गरिमा विकास बैंक, राधी विद्युत कम्पनी, घलेम्दी हाईड्रो कम्पनी, महालक्ष्मी विकास बैंक, यूनाइटेड मोदी हाईड्रोपावर लगायतका कम्पनीहरु रहेको छन् । हेर्नुहोस् सोमबार  सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूची:  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: