काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार कुल २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७२ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा बैंकको भएको छ । यस कम्पनीको ३४ करोड १५ लाख ८३ हजार ९७२ रुपैयाँको सेयर कारोबार भएको हो । आज २ वटा उपसमूह बाहेक सबै उपसमूह घटेका छन् ।
बिहीबारको बजारमा सबैभन्दा बढी कारोबार सानिमा बैंकको भएको छ । यस कम्पनीको ३४ करोड १५ लाख ८३ हजार ९७२ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा नेपाल बैंक, माछापुच्छ्रे बैंक, नेशनल हाईड्रोपावर कम्पनी, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, प्राइम बैंक, नेपाल बङ्गलादेश बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक रअरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

बिहिबारको सेयर बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । मनकामना स्मार्ट लघुवित्तमा पोजेटिभ सर्किट लागेको हो । मनकामनाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेसँगै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक, मैलुङ खोला जलविद्युत कम्पनी, मल्टीपर्पस फाइनान्स कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्