Skip to content
LAXMI SUNRISE BANK

६ करोड ५० लाखको लागतमा रिभर फन रिसोर्टमा जिपलाइन र स्काइ साइक्लिङ बन्दै, डिसेम्बरभित्र संचालनमा आउने

अर्थ सरोकार

गोरखा । ९ बर्ष देखि रिसोर्ट र र्याफ्टिङ ब्यवसायमा लोकप्रिय कम्पनी रिभर फन बिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोला देखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्ट सम्म पुग्ने गरि निर्माण गरिरहेको जिपलाइनको सत्तरी प्रतिशत काम सम्पन्न भएको छ । ‘५ सय मिटर लामो बन्ने जिपलाइनको ४ सय मिटर भाग त्रिशुली नदि माथी पर्ने कारण झनै सहासिक र रोमान्चक हुनेछ।’ रिभर फन बिच रिसोर्ट प्रालिका प्रवन्ध निर्देशक शंकर अधिकारी थप्छन्, अधिकांश भाग नदि माथी पर्ने यो जिपलाइन बिश्वकै नमुना हुनेछ ।’

१८ मिटर अग्लो पाँच तले टवरको चौथो तलाबाट जिपलाइन सुरु हुने जिपलाइन युरोपियन स्ट्यान्डर्ड सहित भारती कम्पनीको प्राबिधिक सहयोगमा निर्माण भैरहेको अधिकारीले बताएका छन् । जिएल एयरक्राफ्ट रोप प्रयोग गरिने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए । ८५ मिटर स्काइ रोप साइक्लिङ समेत त्रिशुली नदि माथी निर्माण भैरहेको परियोजना डिजाइनर मुकेश अधिकरी सिभिल इन्जिनियरले जानकारी दिए ।

मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ । जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ुरिभर फन क्याफेु सन्चालन गर्ने तयारी रहेको छ । कफि बार, कक्टेल, मक्टेल, क्रन्ची लगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटम सहित क्याफे सन्चालन गरिने बताइएको छ । आगामी अङ्ग्रेजी नयाँ बर्ष भित्र सन्चालनमा ल्याउने लक्ष राखिएको जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ६ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK