Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : भकुण्डे बजारमा म्याद गुज्रिएका पेय पदार्थ जफत गर्दै अनुगमन टोली, राष्ट्रिय निकुञ्जमा रमाउँदै पर्यटक

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जिल्ला बजार अनुगमन समितिले विपि राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको भकुण्डे बजारमा गरिएको बजार अनुगमनको क्रममा म्याद गुज्रिएका पेवा पदार्थ जफत गरेकोदेखि भिमदत्त नगरपालिकास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रमाईरहेका  गरेका आन्तरिक पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
जिल्ला बजार अनुगमन समितिले विपि राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको भकुण्डे बजारमा गरिएको बजार अनुगमनको क्रममा म्याद गुज्रिएका पेवा पदार्थ जफत गर्दै जिल्ला बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको अनुगमन टोली । जफत गरिएको सामान नष्ट गर्न नमोबुद्ध नगरपालिकालाई जिम्मा लगाएको छ ।

भिमदत्त नगरपालिकास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्दै आन्तरिक पर्यटक ।

हालको जिल्ला प्रशासन कार्यालय रहेको २६४ वर्ष पुरानो जाजरकोट दरबारका झ्यालहरुमा कुदिएका बुटाहरु । दरबार हेर्न आउनेको सङ्ख्या बढिरहेको छ ।

नेपालगन्ज बर्दिया हुलाकी सडक हुँदै आफ्नो गन्तव्यतर्फ जाँदै गरेको मालबाहक गोरू गाडा । यहाँका किसान तथा व्यापारीहरू सामान लान ल्याउन बढीजसो गोरूगाडा प्रयोग गर्ने गरिन्छ ।

दशैँको मुखमा बागलुङ बजारमा भित्रिएको मुस्ताङको स्याउ । चाडबाडका बेला स्याउको किनबेच बढी हुन्छ ।

दशैँको मुखमा बागलुङ बजारमा भित्रिएको मुस्ताङको स्याउ । चाडबाडका बेला स्याउको किनबेच बढी हुन्छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन लामबद्ध भएर बसेका नागरिक ।

भिमदत्त नगरपालिकास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भित्री भागमा बुधबार देखिएको बँदेल । करिब ३०५ वर्गकिमी क्षेत्रफलमा फैलिएको निकुञ्जमा विभिन्न जनावर पाइन्छ ।

भिमदत्त नगरपालिकाको शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज भित्री भागमा रहेको रानीताल । ताल सिमसार क्षेत्रहरुमध्ये सबैभन्दा ठूलो र ऐतिहासिक सिमसार क्षेत्रका रुपमा रहेको छ । सो क्षेत्रमा राज्य गरी बस्ने सिंहपाल राजाले आफ्ना रानीहरु नुहाउनका लागि ताल निर्माण गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK