काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सीइओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । संचालक समितिको मिति असोज १४ गतेको बैठकले शर्मालाई नियुक्ति गरेको हो ।
संस्थाको केन्द्रीय कार्यालय बनेपामा भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामिण विकासमा स्नातकोत्तर हासिल गरेका छन् भने बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ ।
निर्धन उत्थान बैंकमा शाखा प्रमुखको रुपमा कार्य शुरु गरेका उनले मिर्मिरे लघुवित्त, सनराइज बैंक, एनआईसी एसिया बैंकमा विभिन्न विभागका साथै एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआई एशिया लघुवित्तमा स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रही कार्य गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्