काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले कात्तिक १२ गते पहिलो वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा साँझ ५ बजे सुरु हुने भएको छ । उक्त सभाले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा-नोक्सान तथा नगद प्रवाहमाथि छलफल हुने विशेष एजेण्डा पनि रहेको छ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि रहको छ । यस्तै प्रबन्धपत्र तया नियमावली संसोधन गर्ने प्रस्ताव पनि रहेको छ ।