काठमाडौं । सरकारले बजेटमार्फत ल्याएको गरिब घर–परिवारलाई १० हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम रोकिएको छ । अर्थमन्त्री जनार्दन शर्माले गरिब घरपरिवारलाई दशैंअघि १० हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम मन्त्रिपरिषद्ले अस्वीकृत गरेपछि रोकिएको हो । यसो त उनले आफ्नै विशेष जोडबलमा प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत जानकारी नदिइ उक्त कार्यक्रम विधेयकमा राखेका थिए ।
कतिपयले आफ्नाहरुलाई पोस्नको उनले सो १० हजार रुपैयाँ वितरण कार्यक्रम ल्याएको आरोप लगाएका थिए । अर्थमन्त्री शर्माले बिहीबार सो कार्यविधि मन्त्रिपरिषद्मा पेश गरेका हुन् । मन्त्रिपरिषद्को बैठकले पेस गरिएको कार्यविधि पुरा नभएको र लक्षित वर्ग भनेर यकीन गर्ने कुरा उल्लेख नभएको भन्दै फिर्ता गरिएको बताइएको छ ।
यता कांग्रेसका पूर्वअर्थमन्त्रीहरुले आफ्ना कार्यकर्तालाई पैसा बाँड्न लागिएको भन्दै विरोधसमेत गर्दै आएका थिए । अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको विनियोजन अध्यादेशको प्रतिस्थापन विधयेक प्रस्तुत गर्दै सो योजना अघि बढाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्