NABIL AD

एशियन लाईफ इन्स्योरेन्सको स्वतन्त्र कर्मचारी युनियनको चौथो अधिवेशन सम्पन्न, कार्य समिति चयन

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । एशियन लाईफ स्वतन्त्र कर्मचारी युनियनको अधिवेशन सम्पन्न भएको छ । एशियन लाईफ इन्स्योरेन्सको स्वतन्त्र कर्मचारी युनियनको चौथो अधिवेशन शनिबार बत्तिसपुतलीस्थित होटल तपसमा सम्पन्न भएको हो । अधिवेशनले हिरालाल श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन गरेको छ । ७ प्रदेशका प्रदेश उपाध्यक्ष पदमा क्रमशः सरस्वती थापा,‌ परमानन्द चौधरी, राजीव शर्मा, दिपेन्द्र पंडित, बसन्त भुषाल, तीर्थ चौधरी र दिपेश प्रसाद देवकोटा चयन भएका छन् ।

त्यसैगरी नवनिर्वाचित कार्य समितिको महासचिव सदन विक्रम लामिछाने, कोषाध्यक्ष रश्मी तामाङ,सचिव प्रसंग रेग्मी, सह कोषाध्यक्ष सन्तोष दाहाल, सदस्य लोकेन्द्र भट्ट, प्रदिप खनाल, विनिता मानन्धर रहेका छन् । नव निर्वाचित कार्य समितिलाई कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नेपाल वित्तीय संस्था कर्मचारी युनियनको अध्यक्ष पदमराज रेग्मी, स्वतन्त्र कर्मचारी युनियनको निवर्तमान अध्यक्ष सुनिल कुमार पोखरेल, बीमा समिति कर्मचारी युनियनको अध्यक्ष पूर्ण बहादुर थापालगायतले शुभकामना दिएका थिए ।

Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal