काठमाडौं । बि.ओ.के क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारणसभा भोलि बुधबार हुने भएको छ । सभा दिउँसो ३ बजे कम्पनीको कार्यालय नक्सालमा हुने भएको हो । सभाले १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यता सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।