बागलुङ । हिउँदको आभास हुन थालेसँगै बागलुङका पर्यटकीय क्षेत्र भरिन थालेका छन् । दुई वर्षयता कोरोना महामारीका कारण पर्यटन याममासमेत सुनसान जस्तै रहेका यहाँका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र भरिभराउ हुँदा सरोकारवाला उत्साहित छन् । जिल्लाको जैमिनी नगरपालिका–१ का प्रकाश शर्माले हाँडिकोट टापु पुग्ने योजना बनाएको चार वर्ष भयो । काठमाडौँमा पढाइ र रोजगारीका लागि बस्ने उहाँले दसैँमा मात्रै लामो बिदा पाउनुहुन्छ । कहिले दसैँ बिदामा वर्षा नसकिने त कहिले कोरोना त्रासका कारण चार वर्ष पहिलेको योजना उहाँले अहिले पूरा गर्नुभयो ।
समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट पुग्दा उहाँ दङ्ग हुनुहुन्थ्यो । जैमिनी–ं १० मा पर्ने हाँडिकोट जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल हो । यहाँबाट दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो १ लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ । वर्षाका समयमा जुकाको समस्या, हुस्सु र कुहिराले ढाकिने भए पनि हिउँदमा हिउँले घुम्टो नहालुञ्जेल हाँडीकोट पर्यटक पर्खिरहेको हुन्छ । असोज, कात्तिक र मङ्सिरको दोस्रो साता हाँडीकोट घुम्नका लागि योग्य समय हो । चैत वैशाख र जेठमा पनि यहाँ धेरै आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
जैमिनीको राङ्खानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थल हाँडीकोट टापु साँच्चिकै सुन्दर छ । त्यहाँ पुगेर ‘आहा १ हाँडीकोट टापु’ नभनी सुखै छैन । बितेका वर्षमा भन्दा यो वर्ष हाँडीकोट धेरै आन्तरिक पर्यटक पुगेका छन् ।
नेपालको एकमात्रै शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष पुग्ने पर्यटकको सङ्ख्या पनि बितेका दुई वर्षमाभन्दा यो वर्षको दसैँ बिदाका समयमा धेरै भयो । त्यहाँ पुग्ने पर्यटकको तथ्याङ्क त कसैले राख्ने गरेको छैन् तर आरक्ष क्षेत्रका व्यवसायीका अनुसार यो वर्ष ढोरपाटन पुग्नेमा उत्साहित छन् । तीन जिल्ला बागलुङ, म्याग्दी र रुकुममा फैलिएको शिकार आरक्षमा सिकारका याममा विदेशी पर्यटक हेलिको सहायताले पुग्छन् भने पैदल र सवारीको सहायतामा शिकार आरक्ष घुम्न जाने पर्यटकका लागि बागलुङ हुँदै पुग्ने बाटो सहज छ ।
धेरै समयपछि घुम्दै ढोरपाटन आएँ’ पोखराका साइकल यात्री दिवस गुरुङले भन्नुभयो, “ढोरपाटनको योजना बनाएर आउँदा बीचमा बागलुङ घुम्ने ठाउँ धेरै रहेछन् ।” सदरमुकाम आसपासमा रहेका पर्यटकीय क्षेत्रमा त दसैँअघिदेखि नै पर्यटकको चहलपहल सुरु भएको थियो । ‘बागलुङ कालिका खुला भएदेखि देशभरबाट पर्यटक बागलुङ भित्रिन सुरु गरेका हुन्’ जिल्ला पर्यटन समितिका अध्यक्ष राजु खड्काले भन्नुभयो, “हाम्रा लागि यो वर्षको घुम्ने सिजन शुभ रहने सङ्केत मिलेको छ ।”
पञ्चकोट, बागलुङ कालिका, बलेवा कालभैरव, भूमिगत शालग्राम सङ्ग्रहालयलगायत धार्मिक पर्यटकीय क्षेत्र खचाखच छन् । गलकोटको टेउवामा रहेको मूर्ति कार्यशाला, जैमिनीको हाँडीकोट र गाजाको दह, भकुण्डे भ्यूटावर, बागलुङ र पर्वत जोड्ने सिङ्गल स्पान प्रविधिको संसारकै लामो पुल ‘गण्डकी गोल्डेन ब्रिज’ गलकोट दरबार, गाईघाट झरनालगायत क्षेत्रमा असोज दोस्रो साता यता आन्तरिक पर्यटकको घुइँचो छ ।
“व्यवसायीले पाएको कोरोना खोप र महामारीको दोस्रो लहर केही कम भएपछि पर्यटनमा आशा पलाएको छ”, उहाँले भन्नुभयो, “सुधारिएको अवस्था हो, सन्तुष्ट भइहाल्ने बेला आएको छैन, सजगता अपनाउँदै अझै मेहनत गर्नुपर्नेछ ।” दसैँको मौकामा घुम्न आउने आन्तरिक पर्यटकका कारण यहाँका होटल र रेष्टुरेन्ट व्यवसायी उत्साही बनेका छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्