म्याग्दी । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा विद्याज्योति माविको कक्षाकोठा भवन निर्माण सुरु गरिएको छ । जलजला-३ मा रहेको विद्याज्योति माविको १० कोठे दुईतले भवन निर्माणका लागि विकास बेल्जियमले ७५ प्रतिशत र गाउँपालिकाले २५ प्रतिशत लागत साझेदारी गरेका छन् । रु दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि करसहित रु एक करोड ६० लाख ७२ हजार ९७२ मा त्रिशक्ति कन्ट्रक्शन इञ्जीनियरिङले ठेक्का लिएको गाउँपालिकाका इञ्जीनियर सुनिल बानियाँले बताउनुभयो । विसं २०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ को असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण कम्पनीका प्रतिनिधिले निर्धारित समयभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्र बनाएको बताएका छन् । विद्यालयका प्रअ रघु आचार्यले पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि गाउँपालिका र विकास बेल्जियममा डिपिआर तयार पारेर प्रस्ताव गरिएको बताउनुभयो । भवन योजना भित्र्याउन मल्लाजका रामबहादुर विक, टेकबहादुर बरुवाल र म्याग्दीको ताकम घर भई हाल बेल्जियममा रहनुभएका ज्ञान विश्वकर्माले पहल तथा समन्वय गर्नुभएको थियो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २७० विद्यार्थी छन् । विसं २००४ मा स्थापना भएको विद्याज्योति धवलागिरि क्षेत्रकै पुरानो विद्यालय मानिन्छ । नयाँ भवन निर्माण भएपछि पठनपाठन र शैक्षिक गतिविधिमा सहज हुने शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिका पदाधिकारीको अपेक्षा छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्