काठमाडौं । बेस्ट फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनी ८९ लाख ९९ हजार रुपैयाँ नोक्सानमा थियो ।
यस्तै यो अवधिमा आउँदा सञ्चालन आम्दानी १३ करोड ८१ लाख ६७ हजार रुपैयाँ नाफामा रहेको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष भने सो सूचक ६० लाख रुपैयाँ नोक्सानमा रहेको थियो । असोज मसान्तसम्ममा फाइनान्सको १२ करोड ६६ लाख ९८ हजार रुपैयाँ इम्पेरिमेन्ट चार्ज रिभर्स भएको छ भने खुद ब्याज अम्दानी ३.५७% ले घटेर २ करोड ७२ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ ।
यता कम्पनीको प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ । प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८१ पैसाले बढेर ५८ रुपैयाँ ४७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्