काठमाडौं । बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको छैँटौ वार्षिक साधारण सभा आज (बुधबार) सम्पन्न भएको छ । उक्त क्यापिटल मार्केटको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त साधारण सभाले आ.ब. २०७७/७८ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७७/७८ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी २१ करोडको १८ प्रतिशतका दरले हुने रकम ३ करोड ७८ लाख नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै उक्त साधारण सभाले विशेष प्रस्ताव अन्र्तगत यस क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौं महानगरपालिका, वडा नं. १, नक्सालमा रहने प्रस्ताव पारित गरेको हो । उक्त साधारण सभा समारोहमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको संचालक समितिका अध्यक्ष मिश्रले यस क्यापिटल मार्केटको उद्देश्य प्राप्तीका लागी सहयोग पुर्यायने सेयरधनि, ग्राहकहरु तथा नेपाल सरकारको सम्बन्धीत निकाय लगायत नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडियस एण्ड क्लियरीङ्ग लिमिटेड प्रति सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरे । बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बि.ओ.के क्यापिटल मार्केट लिमिटेडले ग्राहकलाई उत्कृष्ट सेवाहरु दिदै आईरहेको छ र भविष्यमा प्रविधीहरुको उच्चतम् प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने विश्वास यस क्यापिटल मार्केटले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्