काठमाडौं । सरकारले ११ जना प्रमखु जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ । गृह मन्त्रालयले हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो । गृहका अनुसार इलाका प्रशासन कार्यालय टीकापुरमा कार्यरत मोहनराज जोशीलाई डडेल्धुरामा पठाएको छ भने डडेल्धुरामा कार्यरत हरि प्रसाद घिमिरेलाई सिंहदरवारमा तानिएको छ ।
यस्तै गृह मन्त्रालयमा कार्यरत सह-सचिव कमलराज ढकाललाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा सरुवा गरिएको छ भने जय नारायण आचार्यलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाइएको छ । यता कास्कीका सीडीओ थानेश्वर गौतमलाई गृह मन्त्रालयमा ल्याइएको छ भने त्रिभुन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको सीडीओ बनाएर पठाइएको छ ।
साथै गृहका अनुसार लमजुङका सीडीओ होमप्रसाद लुईँटेल र रसुवाका सीडीओ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ । डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोम बहादुर महत, मनाङमा रविन्द्र प्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनुज कुमार घिमिरेलाई सीडीओ बनाएर पठाइएको छ । यस्तै इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवल काठमाडौंको जेलर बनाएर पठाईएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्